Admission Open 2077/2078

Admission Open 2078/2079

मितिः 2078/05/01
सुचना ! सुचना !! सुचना !!!

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न तिन बर्षीय शैक्षिक कार्यक्रम हरुको लागि भर्ना आह्‍वान गरेको छ। अब एस. ई. ई.  उत्रिण  बिध्यार्थीहरुले आफ्नो एस. ई. ई. को प्राप्त ग्रेड को आधार मा विभिन्न प्राबिधिक शिक्षाका कोर्सहरुमा भाद्र १७ गते सम्म आबेदन दिन सक्ने छन्।

शैक्षिक शत्र २०७८ /२०७९ को लागि एस.एल.सि. उतिर्ण वा एस.ई.ई. उतिर्ण वा  सि.एम.ए. उतिर्ण विद्यार्थीहरुकालागि प्रविणता प्रमाण पत्र तह, सामान्य चिकित्सा ( एच.ए.) र डिप्लोमा ईन फार्मेसि विषयमा भर्ना खुल्यो 

 

मिति २०७८  भाद्र १७ गते भित्र अनलाईन वा कलेजमै सम्पर्क गरि आवेदन फारम भर्न ईच्छुक सवैमा सुचित गरिन्छ । अनलाईन फारम भर्नका लागि तल राखिएको अनलाईन फारम भर्ने निर्देशिका राम्ररि अध्ययन गर्नुहुन अनुरोध छ ।

कोरोना माहामारीका कारण हामीहरुले अनलाइन बाटै आबेदन फारम भर्न सकिने व्यवस्था गरेका छौँ ।  यसरि अनलाइन आबेदन दिनका लागि अविभावक तथा बिद्यार्थी हरुलाई सजिलो बनाउनका लागि यो अनलाइन एप्लिकेसन गाइड लाइनको व्यवस्था गरेका छौं ।  यसलाई राम्रो संग अध्ययन  गरी आबेदन फारम पठाउनु होला।

आफुले अध्ययन गर्न चाहेको बिषय अनिसारको आवेदन फारमकोलागि क्लिक गरि डाउनलोड गर्नुहोस:

क) डिप्लोमा/प्रविणता प्रमाण–पत्र तहका कार्यक्रमहरु -Diploma in Pharmacy & H.A., To Download Admission Form click on the links.

Application form : Full paying Open Quota Application form:  Full paying; Lakshit Barga Quota Application form: Full Paying; Pre-diploma (TSLC) Quota

ग) आबेदन फारम भनेपछि सो फारम संग वुझाउनु पर्ने कागजातहरु :

सवै समुहको लागि अनिवार्य कागजातहरु  पुर्ण शुल्क आरक्षण समुहकोलागि थप  पुर्ण शुल्क प्रिडिप्लोमा वा टि.एस.एल.सि. समुहकोलागि थप
१.सफासंग भरि फोटो समेत टासिएको आवेदन फारम
२. एस.एल.सि. वा एस.ई.ई. को चारित्रिक प्रमाण पत्र
३. एस.एल.सि. वा एस.ई.ई. को लब्धांक पत्रको प्रतिलिपि
४. नागरिकता वा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि
५. वैक भौचर वा ई– सेवा को विलको प्रतिलिपि
 १. आरक्षण समुह सम्वन्धि प्रमाण को प्रतिलिपि  १.TSLC तहका शैक्षिक प्रमाण पत्र (Character and Marksheet) को प्रतिलिपि
फोटोकपि गरेका सवै कागजातहरुमा कागजातहरुको मुख्य विबरण भएको भागमा नपर्ने गरि आफैले सक्कल अनुसार नक्कल ठिक छ भन्ने वाक्य लेखि हस्ताक्षर गर्नुहोस ।

यि कागजपत्रहरुको फोटो खिचेर वा स्कान गरेर Archive/Zip File तयार गरि info@namscollege.com वा rupendra21.thapa@gmail.com  मा पठाउनुहोस । कलेजको फेस बुक पेज लाईक गरि सोहि पेज मार्फत वा तल उल्लेखित नम्वरहरुमा भाइबर समेत गर्न सकिन्छ ।

घ) फारम भर्ने अन्तिम मिति र भर्ना प्रकृया शुल्क

कार्यक्रम – डिप्लोमा/प्रमाण पत्र तह 
आवेदन फारम भर्ने अन्तिम मिति – २०७८  भाद्र १७ गते सम्म
भर्ना प्रकृया शुल्क – रु ८००/– मात्र

 

थप जानाकारि तथा आवेदन फारम सम्वन्धि कुनैपनि समस्या परेमा सम्पर्क को लागि

  • कलेजको सम्पर्क नं +97714466465 वा +97714469017 वा
  • मोबाईल नं 9849317138 || 9851112638
  • (rupendra21.thapa@gmail.com)

कलेजमा नै उपस्थित भई आवदेन दिन चाहानेहरुका लागि कलेज हरेक दिन विहान ७ः०० वजे देखि साँझ ५ः०० वजे सम्म खुला रहने छ । महामारिको समयमा सुरक्षा साबधानि अपनाई आवश्यक कागजात सहित आउनुहुन अनुरोध छ ।

 

Contact Us